काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रवीरविक्रम शाह झापाबाट चार महिनापछि काठमाडौं फर्किएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राजावादी तथा राष्ट्रवादी समर्थकहरूले भव्य स्वागत गरेका छन् ।

समर्थकहरूले विमानस्थलको मुख्य गेटदेखि बाहिर ठूलो भीड जम्मा गरी ‘राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका थिए । राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) लगायतका राजावादी समूहहरूले पूर्वराजा शाहको स्वागत गरेका छन् ।

यस अवसरमा पूर्वराजा शाहलाई फूलमाला र अबिर लगाएर अभिनन्दन गरिएको छ । उनि गाडीमा उभिएर समर्थकहरूको अभिवादन स्वीकार गर्दै निर्मल निवासतर्फ ¥यालीसहित गएका छन् ।

प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा पारेको थियो ।

जसमा विमानस्थलदेखि निर्मल निवाससम्म डीएसपीहरूको कमान्डमा प्रहरी परिचालन गरिएको थियो ।यद्यपि, समर्थकहरूको उत्साहपूर्ण उपस्थितिले भव्य स्वागतको वातावरण बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =