म एक थान सांसद बन्न रुकुम आएको होइनः प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केवल सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका प्रचण्ड बिहीबार निर्वाचन क्षेत्रमा पुगेका हुन् । उनले व्यवस्था परिवर्तनको जग बसालिएको रुकुमको भूमिबाटै अब ‘समाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे ।

‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ प्रचण्डले भने, ‘शहीद र बेपत्ता परिवारका सपना पूरा गर्न र गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्न म फेरि आफ्नै घर (आधारभूमि) फर्किएको हुँ ।’

भूमे गाउँपालिका–१ लुगुममा आयोजित जनभेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले शहीद मार्गलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुन, मावि लुगुमका प्रधानाध्यापक रामबहादुर पुन तथा शहीद परिवारका सदस्यहरूले गाउँको विकासका लागि विभिन्न योजनासहितको मागपत्र प्रचण्डलाई बुझाएका थिए ।

जनजाति र दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रको कला–संस्कृति संरक्षण गर्दै आयआर्जनसँग जोड्ने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =