जंगली रातो बाँदर पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा

काठमाडौं । सरकारले जंगली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।

वन तथा वातावरण मन्त्रालयले दोस्रो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार प्रकाशन मितिदेखि एक वर्षसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाइएको छ ।

सरकारको निर्णयसँगै जंगली रातो बाँदरले निजी खेत, खला वा बारीमा पुगेर क्षति पुर्‍याएमा सम्बन्धित जग्गाधनीले तोकिएको सर्तका आधारमा विनाअनुमति धपाउन, लखेट्न वा पक्रन सक्नेछन् । यस क्रममा बाँदरको मृत्यु भए पनि कारबाही नहुने व्यवस्था गरिएको छ । तर राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाइँदैन ।

सरकारले यसअघि गत वर्ष माघमा पहिलो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । पछिल्लो समय जंगली बँदेल र बाँदरका कारण बालीनालीमा क्षति बढेपछि कृषकहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =