सुदूरपश्चिमका मुख्यमन्त्रीलाई देउवाको निर्देशन: कांग्रेसलाई जिताउन सक्रिय हुनु

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सरकारका तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन् ।

बुधबार महाराजगञ्जस्थित आफ्नै निवासमा भएको भेटघाटका क्रममा देउवाले उक्त निर्देशन दिएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले जानकारी दिए ।

भेटका क्रममा देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताएका थिए ।

‘स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता हो र त्यसमा कांग्रेसलाई विजय बनाउन भूमिका इमान्दारिताका साथ निर्वाह गर्नू,’ देउवाले भने ।

उक्त भेटका क्रममा देउवा पत्नी तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि मुख्यमन्त्री शाहको भेट भएको थियो । देउवा दम्पतीले सो अवसरमा मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =