सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी मेम्बर अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच NPS – National Card Switch अन्र्तगत Domestic Card Scheme, EFT Switch मार्फत NepalPay Card  संचालनका लागि सम्झौता भएको छ ।

मंगलबार हिजो उक्त सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, NCHL को EFT (Electronic Fund Transfer) Members  भित्र NepalPay Card जारी गर्ने पहिलो बैंक भएको छ । यस पश्चात सिटिजन्स बैंकको ATM तथा POS Terminal हरुमा NepalPay Card साथै Discover, Diners, Pulse जस्ता International Card हरु पनि स्वीकार्य हुने बैंकले जनाएको छ ।

यससंगै बैंकका ग्राहकहरुले छिट्टैनै NCHL द्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम NepalPay Card पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =