उम्मेदवारलाई ओलीको आग्रह: मतदाताको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्, तथ्यका आधारमा मत माग्नुहोस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका आफ्ना पार्टीका नेताहरूलाई मतदाताका प्रश्नहरू धैर्यपूर्वक सुन्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष ओलीले मतदातासामु पार्टीले गरेका कामहरूको स्पष्ट विवरण प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।

उनले लेखेका छन्, ‘देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले) का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ– मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस् । उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस् । किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो ।’

परिपक्व लोकतन्त्रमा भावनात्मक उत्तेजना फैलाएर होइन, तथ्य प्रस्तुत गरेर मत माग्नुपर्ने ओलीको भनाइ छ । उनले मतदातालाई बहकाउमा पारेर होइन, कामको हिसाबकिताब सुनाएर मत माग्नुपर्नेमा जोड दिएका छन् ।

‘मतदातालाई भ्रमको डिजिटल इको–च्याम्बरभित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर प्रश्न गर्ने अवसर दिएर, उत्तर सुन्ने वातावरण बनाएर सत्य छुट्याएर मतदान गर्ने अवसर दिनुपर्छ,’ ओलीले उल्लेख गरेका छन् ।

उनले ‘साइको थ्रेट’ ले चुपचाप छाप्न प्रेरित गर्ने तर स्वस्थ निर्वाचन संस्कृतिले विमर्श र निर्णयलाई प्राथमिकता दिने भन्दै भनेका छन्, ‘त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचीविचारी छाप । आँखा खोलेर भविष्य निर्माण ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =