मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ ।

आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन, जीवन्त डिस्प्ले, उन्नत एआई फिचर तथा अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर उपलब्ध छ ।

कम्पनीका अनुसार Redmi Note 15 मा ६,०००mAh ६,००० क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ । यसमा ३३W टर्बो चार्जिङ र १८W   रिभर्स चार्जिङ सपोर्ट छ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमताको रियल–टाइम व्यवस्थापन गर्छ ।

२,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो प्रयोग सुनिश्चित हुन्छ । एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ ।

Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × ७.९४  मिलिमिटर र तौल १८३.७ ग्राम रहेको छ। IP64 डस्ट तथा वाटर रेसिस्टेन्स र Wet Touch Technology 2.0 कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक रूपमा प्रतिक्रिया दिने बताइएको छ ।

१.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा–ड्युरेबल डिस्प्ले ग्लास तथा बलियो मदरबोर्ड र मजबुत मिड–फ्रेमसहितको आन्तरिक संरचनाले
फोनका महत्वपूर्ण पार्ट्स सुरक्षित राख्ने बताइएको छ ।

यो स्मार्टफोनमा अधिकतम ८GB र्याम र ५१२GB स्टोरेज उपलब्ध छ, जसलाई हाइब्रिड सिम स्लटका माध्यमबाट थप विस्तार गर्न सकिने जानकारी दिएको छ । Xiaomi HyperOS मा चल्ने यो फोन ६nm MediaTek Helio G100-Ultra चिपसेटबाट सञ्चालित छ। २.२GHz सम्मको अक्टा–कोर CPU, Mali-G57 MC2 GPU, LPDDR4X र्याम र UFS 2.2 स्टोरेजले छरितो र स्मूथ कार्यसम्पादन सुनिश्चित गर्छ ।

Redmi Note 15 ६GB+१२८GB, ८GB+१२८GB, ८GB+२५६GB र ८GB+५१२GB भेरियन्टमा उपलब्ध छ । यसमा AI Erase, AI Remove Reflection, AI Beautify, AI Sky र AI Bokeh जस्ता स्मार्ट एआई फिचर समावेश छन् । Google Gemini र Google Circle to Search ले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ। फोनले NFC, Bluetooth 5.6, nano SIM 1 + हाइब्रिड (nano SIM वा microSD), २.४GHz र ५GHz Wi-Fi तथा 2G, 3G, 4G LTE FDD र 4G LTE TDD नेटवर्क सपोर्ट गर्छ ।

यसको ६GB+१२८GB भेरियन्टको मूल्य रु. २९,९९९ र ८GB+२५६GB भेरियन्टको मूल्य रु. ३५,९९९ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =