तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
२०८२ माघ २७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
२०८२ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








