चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्छ : सरोकारवाला

काठमाडौं । नेपाल-चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन् । ‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रस्तुत गरेका हुन् ।

उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्षीय योजनाका विशेषता समेटिएको थियो । राष्ट्रिय सुरक्षा र दिगो विकास, युवा केन्द्रित नीति, सीपमा आधारित नीति, सेवामूलक कार्य, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, लगानी लगायतका विषय योजनामा समेटिएका छन् ।

उनको प्रतिवेदनमाथि डा. रघु वाग्ले र डा. मुक्ति रिजालले टिप्पणी गरे । विकासको दीर्घकालीन सोच र कार्यबारे चीनसँग सिक्नुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोतविद् कृष्णप्रसाद भण्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =