बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो शेर्पा नेकपामा प्रवेश
२०८२ माघ २३ गते

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा शेर्पा पार्टी प्रवेश गरेका हुन् । उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए ।
शेर्पाले माघ ९ गते नेकपा एमाले परित्याग गरेका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट बाह्रबिसे नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
शेर्पासँगै एमालेका अन्य थुप्रै नेता–कार्यकर्ता पनि नेकपामा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
२०८२ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित










