चुनावी प्रचारका लागि झापा जाँदै ओली
२०८२ माघ २३ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसारका क्रममा झापा जान लागेका हुन् ।
झापा ओलीको गृहजिल्ला समेत हो । उनी निकट स्रोतका अनुसार ओली आज मध्यान्ह हवाई मार्गमार्फत झापा जाने कार्यक्रम रहेको छ ।
झापामा रहँदा उनले विभिन्न चुनावी कार्यक्रम तथा भेटघाटमा सहभागी हुने बताइएको छ ।
२०८२ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित








