भक्तपुरका प्रमुख मालपोत अधिकृत र कार्यालय सहयोगी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
२०८२ माघ २२ गते

काठमाडौँ । भक्तपुरका प्रमुख मालपोत अधिकृत र कार्यालय सहयोगीले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ता सम्बन्धी काम गर्नको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएको आरोप रहेको छ ।
उनीहरूले चौबीस लाख पचास हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जानकारी दिएको छ ।
२०८२ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित










