सूर्य चुनाव चिन्ह परिवर्तन भएको झुटो प्रचार गरियो, संलग्नलाई कारबाही गरियोस्ः एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको चुनाव चिन्ह परिवर्तन भएको भन्दै एआई प्रविधिबाट भ्रामक सामग्री तयार गरी प्रशारण गरिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ ।

पार्टीले बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन लक्षित गतिविधिमा प्रविधिको गैरजिम्मेवार प्रयोग र भ्रामक प्रचारप्रति आपत्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले देशभर सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी गतिविधि, प्रचार–प्रसारका शैलीमा प्रविधिको गैरराजनीतिक र गैरजिम्मेवार ढंगले प्रयोग भइरहेको भन्दै पार्र्टी त्यसको विरोधमा रहेको स्पष्ट पारे ।

उनले निर्वाचन आचारसंहिता, लोकतान्त्रिक मूल्य–मान्यता र मर्यादाको पूर्ण पालना हुनुपर्नेमा जोड दिए । उनले विभिन्न राजनीतिक दल, उम्मेदवार तथा पार्टीका निर्वाचन चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गर्ने प्रयास भइरहेको आरोप पनि लगाए ।

त्यसैगरी, पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गालीगलौज, अमर्यादित र असभ्य शब्द प्रयोग गरिएको सामग्रीप्रति आपत्ति जनाउँदै उनले त्यसको भत्र्सना र निन्दा गरे ।

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =