फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
२०८२ माघ २० गते

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ५ हजार २ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५७४ रुपैयाँमा कारोबार भईरहेको छ ।
२०८२ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित










