टिसिएलद्वारा नेपाली बजारमा टिभी सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । विश्वव्यापी रूपमा प्रतिष्ठित इलेक्ट्रोनिक्स निर्माता टिसिएल (TCL) ले अत्याधुनिक अत्याधुनिक S5K QLED Google TV को शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ ।

३२-इन्च र ४३-इन्च आकारमा उपलब्ध यो टिभीले QLED प्रविधिको ज्वलन्त दृश्यानुभूति, HVA प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडियोको समृद्ध ध्वनि, र गुगल टिभीको  बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको कम्पनिले जनाएको छ, जसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्ने बताइएको छ ।

युवा, परिवार, र गेमरहरूको लागि अनुकूल

कम्पनीका अनुसार टिसिएल S5K QLED Google TV ले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मनपर्ने परिवार, र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ । यसको उन्नत विशेषताहरूले हरेक प्रयोगकर्ताको लागि व्यक्तिगत र अनुकूलित अनुभव सिर्जना गर्दछ ।

प्रमुख विशेषताहरू:

  • QLED र HVA प्यानलको उत्कृष्ट मेल: Quantum Dot प्रविधिले प्राकृतिक र जीवन्त रंग, भएको HVA प्यानलले ३x बढी कन्ट्रास्ट र १७८° भन्दा बढीको व्यापक दृश्यकोण प्रदान गर्दछ। HDR10 र HLG सपोर्टले प्रत्येक दृश्यलाई यथार्थवादी बनाउँछ ।
  • डल्बी अडियोको समृद्ध ध्वनि: २.० च्यानल स्पिकर सिस्टमले थिएटर-स्तरको ध्वनि अनुभूति दिन्छ ।
  • गुगल टिभीको बुद्धिमान अनुभव: गुगल सहयोगी मार्फत भ्वाइस नियन्त्रण, हजारौं एप्सको पहुँच, र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा उपलब्ध छ ।
  • स्टाइलिश मेटालिक डिजाइन: बेजल-लेस र मेटालिक फिनिस्ड डिजाइनले कुनै पनि आधुनिक रहनसहनमा सहजै मिल्छ ।
  • पूर्ण कनेक्टिभिटी: वाइ-फाइ ४ (२.४G + ५G), ब्लुटुथ ५.०, दुईवटा HDMI पोर्ट, र USB २.० ले सबै उपकरणहरू जडान गर्न सहज बनाउँछ ।
  • द्रुत प्रदर्शन: CA55x4 @1.1GHz प्रोसेसर, 1GB RAM र 8GB इन्टरनल स्टोरेजले सहज मल्टीटास्किङ सुनिश्चित गर्दछ।

टिसिएल एक अग्रणी विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्ड हो जसले नवीनतम प्रविधि, गुणस्तर, र मूल्यलाई संयोजन गर्दै उच्चस्तरीय उपभोक्ता उत्पादनहरू डिजाइन र निर्माण गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =