निर्वाचन सहज ढंगबाट सम्पन्न हुन्छ: प्रधानमन्त्री
२०८२ माघ १९ गते

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सहज ढंगबाट सम्पन्न हुने दाबी गरेकी छन् ।
राष्ट्रिय सभाको बैठकलाई सोमवार पहिलो पटक सम्बोधन गरेर बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो दाबी गरेकी हुन् ।
उनले निर्वाचनको लागि आफूहरूले सरकारको तर्फबाट तयारी गरिरहेको र बाँकी जनताले मूल्यांकन गर्ने कुरा भएको बताइन् । उनले सहज ढंगबाट निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुने बताइन् ।
उनले भनिन् ‘संसदको पहिलो सम्बोधन मीठो भयो । हामी त निर्वाचनको लागि तयारी गरिरहेका छौँ । तपाईँहरूले मूल्यांकन गर्ने हो । सहज ढंगबाट निर्वाचन हुन्छ ।’
प्रधानमन्त्री कार्कीले संसदको पहिलो सम्बोधन मीठो भएको प्रतिक्रिया दिइन् ।
२०८२ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित








