सिद्धार्थ बैंक ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२५’ बाट सम्मानित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड ‘कर्पोरेट उत्कृष्टता पुरस्कार २०२५’ अवार्डबाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपाल प्रा. लि.ले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए ।

मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको बैंकले जनाएको छ । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको जनाएको कछ ।

यस खुसीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =