बानेश्वरस्थित कात्यानी चोकमा खुल्यो ‘करेन्ट मार्ट’ (तस्बिरहरू)

काठमाडौँ । ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को माघ १८ गते, आइतबारबाट दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा ल्याएको छ ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा नयाँ शाखा विस्तार गरेको जानकारी दिइएको छ ।

नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित यस ‘करेन्ट मार्ट’ को भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए ।

साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिएका थिए ।

उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतले विशेष उपस्थिति जनाएका थिए । साथै, यस समारोहमा ग्राहक तथा शुभचिन्तकहरूको पनि राम्रै उपस्थिति रहेको थियो।

यस नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन् । त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भने ‘भैरहवाका उपभोक्ताहरूले ’करेन्ट मार्ट’ लाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ । उपभोक्ताहरूले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ ।’

यसअघि कम्पनीले काठमाडौँको अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको सन्दर्भमा, यो नयाँ ‘मार्ट’ ले पनि यशोदा फुड्सका प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकहरूलाई विशेष सुविधा दिने विश्वास लिइएको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =