एक महिनाको भक्ति यात्रा सम्पन्न (तस्बिरहरु)

काठमाडौं । एक महिने स्वस्थानी व्रतकथा आजबाट सम्पन्न भएको छ ।

पौष शुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको स्वास्थानी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिनमा विधिपूर्वक सम्पन्न भएको हो ।

एक महिनाको तपस्या, संयम र भक्ति आज समापन भएको हो । घरघरमा सुनाइएको यो पवित्र कथाले श्रद्धालुहरूको मनमा धैर्य, विश्वास र शान्तिको सन्देश छोडेको छ ।

शिव–पार्वतीको लीला, नव रानीको कथा र स्वस्थानी माताको महिमा आज अन्तिम अध्यायसम्म पुगेको छ ।

व्रत बस्नेहरूको सुख–समृद्धि, सुस्वास्थ्य र वैवाहिक जीवन मधुर बनोस् भनी स्वस्थानी मातासँग प्रार्थना गरेका छन् । पर्वले हामीलाई संयम, भक्ति र कर्मको महत्व सिकाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =