पत्रकार सिटौलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ ।

दिउँसो २ः३० देखि ३ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने पत्रकार रघुनाथ सापकोटाले जानकारी दिए ।

अस्पतालले आज १२ः४५ बजे ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सिटौलाको निधन भएको घोषणा गरेको हो ।

रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी क्याम्पेनका लागि अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि उनलाई काठमाडौँ ल्याएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।

४५ वर्षीय सिटौला अविवाहित थिए । उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =