सिन्धुलीका किसानलाई आलु भित्र्याउन र लगाउन भ्याइनभ्याइ

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाँगाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ ।

रामेछापको खाँडादेवी गाउँपालिकाको सिमानामा रहेको सुनकोशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन् ।

स्थानीयवासी ठेटराज चौलागाइँ हाल आलु लगाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँछन् ।

यी फाँटहरू बीपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसनले गत वर्षदेखि नै व्यवसायिक रूपमा आलु खेती गर्दै आइरहेका छन् ।

आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बाली मात्र हुने गरको भएपनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउँछन् ।

गाउँपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eighteen =