एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य अनपेक्षित रूपमा आकाशिएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ एकैपटक २० हजार ५ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य नेपाली सुन बजारको इतिहासमै उच्च बिन्दु हो ।

यसअघि बुधबार बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । एकैदिन तोलामा २० हजार रुपैयाँभन्दा बढीको वृद्धिले बजार तातिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि भारी वृद्धि देखिएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी, आज बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =