माघ १५ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. माघ १५, २०८२ । इ.सन् 29 Jan, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (सिल्लाथ्व) सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु । बिहीबार माघ शुक्लपक्ष । तिथि एकादशी, ११:५७ बजेपछि द्वादशी । नक्षत्र मृगशिरा, ०४:१९ बजेपछि आर्द्रा । योग ऐन्द्र, १९:३० बजेपछि वैधृति । करण भद्रा, ११:५७ बजेपछि वव, २२:४८ बजेउप्रान्त वालव । चन्द्रराशि वृष । योग (आनन्दादि) मृत्यु । दिनमान १०:४७ । सूर्योदय ६:५४ । सूर्यास्त १७:४१ । दिन विशेष : भद्रा ११:५७ बजेसम्म। भीमा एकादशी व्रत। शुक्र उदय २५ः२९ बजे (पश्चिमाेदय) ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवार वा कार्यक्षेत्रमा सामन्जस्य बनाउन गाह्रो हुनेछ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन् सावधान रहनुहोला। पहिला गरिएको निर्णयबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहस र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। नयाँ योजनाको थालनी हुनेछ। विवादित मामलाहरूमा आफ्नो हस्तक्षेप नगर्नुहोस्।आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तालमेलको कमीले कार्यक्षेत्रमा समस्या आउँला। पारिवारिक जमघटको बीच आफूलाई असहज पाउनुहुनेछ। कानुनी मुद्दा मामलाहरूमा विचार गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पद र प्रतिष्ठामा प्रभाव बढ्नेछ। अवसरको फाइदा उठाउनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यस्थलमा आफ्नो आवश्यकता पूर्तिको लागि संघर्ष गर्नुपर्ला। आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सम्मान पाइएला। पायक स्थानमा भ्रमणका योग छन्। शेयर बजारबाट मनग्य लाभ मिल्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको सहयोग गरेर खुसी मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आय आर्जनका नयाँ अवसरहरू फेला पर्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा शुभ कार्यको चर्चा हुनेछ। भाग्य सबल रहनेछ। धर्मकर्ममा आस्था बढ्नेछ। माननीयजनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम्पत्य जीवन सुमधुर रहनेछ। आफन्तहरू मध्य रमाइलो समय बित्नेछ। उल्झेका मामलाहरू सुल्झ्याउन सक्नुहुनेछ। पढाइमा मन लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यक्तिगत कार्यमा संघर्ष गर्नुपर्ला। मनमा चिन्ता र असन्तोषको भावना जागृत हुनेछ। प्रतियोगी परीक्षामा सफलता हात लाग्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) योजना अनुसार कार्य गर्नुहोस् सफलता मिल्नेछ। अरुको विषयमा धेरै चासो नलिनुहोस् नत्र मन अशान्त रहनेछ। व्यापार लाभदायी रहनेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट








