असार १५ गते सोमबार, कस्तो रहन्छ आज तपाईँको दिन ?

आजको पञ्चाङ्ग

वि.सं. असार १५, २०८३ । इ.सन् 29 Jun, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (तछलाथ्व) रौद्र संवत्सर उत्तरायण
ग्रीष्म ऋतु । सोमवार ज्येष्ठ शुक्लपक्ष । तिथि पूर्णिमा, २८:४७ बजेपछि प्रतिपदा । नक्षत्र मूल, २८:१५ बजेपछि पूर्वाषाढा । योग
शुभ, १५:२८ बजेपछि ब्रह्म । करण वव, ०४:४७ बजेपछि भद्रा, १५:४८ बजेउप्रान्त कौलव । चन्द्रराशि धनु । योग (आनन्दादि)
लुम्ब । दिनमान १३:५० । सूर्योदय ०५:१२ । सूर्यास्त १९:०२ । दिन विशेष :  भ. १५:४८प., पूर्णिमाव्रत, ज्याः पुन्हि, मष्ट पूर्णिमा, मन्वादि, गैडु पूजा, पनौतिस्नान, पनौती भैरव भद्रकाली इन्द्रेश्वर रथयात्रा, धान दिवस, दहि चिउरा खाने दिन, सदगुरु कवीरजयन्ती, कपिलवस्तुमा महासमयशुक्त देशना दिवस ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विवादास्पद मामिलाहरूमा धेरै नबोल्दा राम्रो होला। मित्रहरूसँगको भेटघाटले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको कुरालाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रियजनहरूबाट उपहार मिल्नाले खुसी मिल्नेछ। नोकरी वा पेशामा कार्यशैलीमा सानो परिवर्तनले पनि ठूलो कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरको साज सजावटमा धन खर्च हुनेछ। अड्किएको ऋण लिनमा सफलता मिल्नेछ। स्वास्थ्यले साथ नदिनाले कार्य समयमा सम्पादन नहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। वाक्चातुर्यले गर्दा उल्झेको कार्यहरु सुल्झिनेछ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहकारी र वित्तीय मामिलाहरूमा गम्भीर विचार गरेर निर्णय लिनुहोला। कार्यक्षेत्रमा अधिकारको लागि संघर्ष गर्नुपर्ला। नयाँ नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कारोबारमा थप लगानी लगाउनको लागि उपयुक्त समयको विचार गर्नुहोस्। खर्चमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। स्वास्थ्यमा खानपिनको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। घर परिवारमा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। आफ्नो सिद्धान्तलाई नत्याग्नुहोला। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरपरिवारमा मांगलिक वा धार्मिक कार्यक्रममा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार गर्नुहोस्। पारिवारिक समस्या सुल्झाउनमा गाह्रो हुनेछ। पुरानो कुरालाई लिएर घरमा आन्तरिक कलह रहनेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। पुरानो उपलब्धि नोकरी वा पेशामा पदोन्नतिमा सहायक हुनेछ। समाजमा नयाँ जिम्मेवारी मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। बोलिको प्रभावले आफ्नो कार्य पूरा गर्नमा सफल भइनेछ। मौसमी बिमारीबाट जोगिनुहोस्। आँटेको कार्य सम्पादन गर्न सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =