हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

ठूलीभेरी । डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज दिउँसो राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत ठूलीभेरी नगरपालिका–९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार गरिएको हो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ९ढकाल०को सक्रिय पहलमा हेलिकप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहका अनुसार सुत्केरी भएपछि बिहानसम्म सालनाल अड्किएर गम्भीर समस्या देखिएपछि पठाउनु परेको हो ।

पाठेघरको शल्यक्रिया गरी सालनाल निकाल्नुपर्ने जटिल अवस्था आएपछि जिल्लामा सम्भव नभएकाले थप उपचारको लागि पठाइएको शाहाले जानकारी दिइन् ।

समयमै हेलिकप्टरद्वारा उद्धार सम्भव भएकाले सुत्केरीको ज्यान जोखिममुक्त भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =