नेपाल बिल्डकनको एघारौँ संस्करण यही माघ २२ देखि भृकुटीमण्डपमा

काठमाडौँ । विगत एक दशक देखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौँ संस्करण यही माघ २२ देखि २५ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने आयोजकले जनाएको छ ।

२०० भन्दा धेरै स्टलहरू रहने उक्त प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागिता जनाउने व्यवसायी तथा उद्यमीहरू पनि निकै उत्साहित छन् ।

मिडिया स्पेस सोलुसन्स प्रा.ली. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्तरुपमा विगत ११ वर्ष देखि निरन्तर रूपमा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताएको छ ।

यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै अन्तर्राष्ट्रिय बजारमा चली आएका नविन्तम प्रविधि, सेवा तथा बस्तुहरू नेपालमा भित्राउने अवसर समेत प्रदान भएको आयोजकले जानकारी दिएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिब, क्ल्याडिब, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिब, वाल कभरिब, ग्लास ग्लेजिब, पाइप, प्लम्बिब, फिटिब्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिल लगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवाहरू पाउन सकिन्छ ।

निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सम्पूर्ण पक्षहरूलाई समेटिएको विशाल व्यावसायिक सञ्जाल निर्माण गर्न सफल यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट एवं निर्माण सँग सम्बन्धित पेसामा आबद्ध व्यक्तिहरूका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संघ संस्थाका र सर्वसाधारणहरूको पनि उल्लेखनीय उपस्थिति रहने बताइएको छ ।

प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =