विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गरिएको छ ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

सो अवसरमा उनले सरकारलाई जबाफदेही र उत्तरदायी बनाउनका लागि सो प्रतिवेदन सभामा पेस गरिएको बताइन् ।

प्रतिवेदनमा नेपाललाई अतिकमविकसित राष्ट्रबाट विकाशशील राष्ट्रमा परिणत गर्न, जलवायु परिवर्तनले पारेका असर न्यूनीकरणका लागि ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउने लगायतका विषयहरू समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =