रवि लामिछाने अस्पताल भर्ना, टिचिङ अस्पतालमा उपचार हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेपछि अस्पताल भर्ना भएको लामिछानेको सचिवालयले जनाएको छ ।

यस्तो छ सचिवालयको भनाई: माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण (Cellulitis) भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ।

चोट आफैँमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ।

सभापतिज्यू सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिनुहुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौँ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =