माघ १३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  
वि.सं. माघ १३, २०८२ इ.सन् 27 Jan, 2026 शक संवत् १९४७ नेपाल संवत् ११४६ (सिल्लाथ्व) सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु मंगलबार माघ शुक्लपक्ष तिथि नवमी, १६:४० बजेपछि दशमी नक्षत्र भरणी, ०९:१५ बजेपछि कृत्तिका योग शुक्ल, ०१:४७ बजेपछि ब्रह्म करण कौलव, १६:४० बजेपछि तैतिल, ०३:३० बजेउप्रान्त गर चन्द्रराशि मेष योग (आनन्दादि) मुसल दिनमान १०:४४ सूर्योदय ६:५५ सूर्यास्त १७:३९ दिन विशेष :  द्रोण नवमी ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वकांक्षी योजना पूर्तिको लागि योजना बनाउनुहोस्। नोकरी वा पेशामा बुद्धि विवेकले निर्णय लिनुहोला। असंयम व्यवहारले समस्या निम्त्याउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यको सम्बन्धमा विशिष्ट व्यक्तिहरूको साथ मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर हुन सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानो प्रयत्नले दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। टाढाका इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा प्रतिक्षा गर्दा सकारात्मक परिणाम मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूको जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन नलाग्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मानसम्मानमा वृद्धि हुनेछ। छरछिमेकीसँग मनमुटाव सुल्झीनेछ। कृषि र ठेका पट्टाबाट लाभ मिल्नेछ। लगनशीलताले गर्दा कार्यक्षेत्रमा प्रशंसा हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा लोकप्रियता बढ्नेछ। आँटेका कार्यसम्पादन हुनेछन्। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। विभिन्न भौतिक वस्तु जुटाउनमा धन खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। ज्ञान र कला वा व्यक्तित्वलाई निखार्ने समय रहेको छ। कार्यक्षेत्रमा आफ्नो योजना गुप्त राख्नुहोस। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कीर्तिमान कार्यले यसमा वृद्धी हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको भनेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा समस्यालाई आफ्नो अनुरूप ढाल्न सकिनेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। नोकरी वा पेशामा तारीफ योग्य कामले प्रशंसा बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा प्रतिभाको सम्मान हुनेछ। बोलिको प्रभावले कार्यसिद्ध गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक रोजगारमा लाभ मिल्नेछ। आफन्तहरूसँग मनमुटाव सुल्झिनेछ। विद्युतीय उपकरणको सुरक्षामा सावधानी राख्नुहोस्। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =