असार १० गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग

वि.सं. असार १०, २०८३ । इ.सन् 24 Jun, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (तछलाथ्व) रौद्र संवत्सर उत्तरायण
ग्रीष्म ऋतु । बुधवार ज्येष्ठ शुक्लपक्ष । तिथि दशमी, २०:२७ बजेपछि एकादशी । नक्षत्र चित्रा, १६:५३ बजेपछि स्वाती । योग परिघ, १३:४९ बजेपछि शिव । करण तैतिल, ०८:०५ बजेपछि गर, २०:२७ बजेउप्रान्त वणिज । चन्द्रराशि तुला । योग (आनन्दादि) काल । दिनमान १३:५० । सूर्योदय ०५:११ सूर्यास्त १९:०१ ।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा लागेको कुरा पूरा गर्ने इच्छा बलियो हुनेछ। अरूले भनेको सबै कुरा पत्याउनु भन्दा आफ्नै अनुभवलाई आधार बनाउनु राम्रो हुनेछ। बीचमा आएको सानो परिवर्तनले पछि फाइदा दिलाउन सक्छ। दिनको अन्त्यमा आफूले गरेको निर्णयप्रति सन्तुष्टि मिल्नेछ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा खुसीको वातावरण बन्न सक्छ। परिवारका सदस्यसँग बसेर गरेका सामान्य कुराले पनि मन हलुका बनाउनेछन्। धेरै दिनदेखि रोकिएको एउटा काम मिल्ने संकेत देखिन्छ। मनमा नयाँ उत्साह थपिनेछ। आजको शुभ रंग हल्का पहेंलो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ खबरले दिनको सुरुवात रमाइलो बनाउन सक्छ। नजिकका व्यक्तिसँगको भेटले पुरानो सम्झना ताजा गराउनेछ। सानो सहयोगले ठूलो काम सजिलो बन्न सक्छ। बोल्दा मिठो व्यवहार राख्नु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो समय सही ठाउँमा खर्च गर्दा धेरै काम पूरा हुनेछन्। सानो गल्ती सच्याउने मौका मिल्नेछ। हतार नगरी अघि बढ्दा कुनै झन्झट आउँदैन। मन ढुक्क रहनेछ। आजको शुभ रंग चाँदी सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै पुरानो प्रयासको राम्रो नतिजा देखिन थाल्न सक्छ। आफ्नो सीप देखाउने अवसर पनि मिल्नेछ। अरूले तपाईंको कामको खुलेर प्रशंसा गर्नेछन्। दिनभरि जाँगर कायम रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो इच्छा अनुसार काम अघि बढ्नेछ। नयाँ योजना सुरु गर्ने सोच पनि बन्न सक्छ। मनमा भएको डर हट्दै जानेछ र काममा उत्साह थपिनेछ। दिन तपाईंको पक्षमा रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारसँग मिठो समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक विषयवस्तुमा अलमलिदा कार्यक्षेत्रमा बाधा आउनेछ। नोकरी वा पेशामा अरुको लागि समय र बुद्धि खर्च गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेका कार्य सम्पादन हुनेछन्। नँया नोकरीमा सफलता मिल्नेछ। दिगो योजनाहरू अघि बढाउँदा लाभ मिल्नेछ। गोपनीय ढंगले गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) हर्ष र प्रसन्नताको साथमा समय बित्नेछ। आलस्यले गर्दा आँटेको काममा सफलता मिल्न गाह्रो हुनेछ। कार्यक्षेत्रमा कार्यले तीव्र गति लिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतियोगितात्मक क्रियाकलापमा लाभ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कामको सुरुवात गर्ने समय रहेको छ। न्यायिक क्षेत्रमा पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विचार नपुराएर निर्णय लिँदा आत्मविश्वासमा कमी आउनेछ। व्यापारबाट सजिलै लाभ प्राप्त गर्न सकिनेछ। मेहनत अनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =