ओमानमा आयोजित अन्तर्राष्ट्रिय सुगन्ध प्रदर्शनीमा दुई सय बढी प्रदर्शकको सहभागिता
२०८२ माघ ११ गते

काठमाडाैं । ओमान कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा ओमान पफ्र्युम शोको छैटौं संस्करण भव्य रूपमा सञ्चालन भइरहेको छ । यस प्रदर्शनीमा स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारका २०० भन्दा बढी प्रदर्शकहरूले सहभागिता जनाएका छन् ।
जनवरी २८ सम्म चल्ने यस वर्षको संस्करणमा विभिन्न अत्तरका ब्रान्डहरूका साथै परम्परागत धुप (बखुर) र सुगन्धित काठका उत्पादनहरूको वृहत् संग्रह प्रदर्शन गरिएको छ । यसमा दुर्लभ क्याम्बोडियन अगरउड र हस्तकलाद्वारा निर्मित ऊदका टुक्राहरू पनि समावेश छन् ।
यी सामग्रीहरू अरबी र ओमानको संस्कृतिको अभिन्न अङ्ग हुन् । जसको प्रयोग घर, बजार र मस्जिदहरूमा व्यापक रूपमा गरिन्छ । साथै, यस्ता सुगन्धित वस्तुहरूलाई अतिथि सत्कार, आध्यात्मिकता र दैनिक अनुष्ठानसँग जोडेर हेर्ने गरिन्छ ।
२०८२ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








