माघ १० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 
वि.सं माघ १०, २०८२ इ.सन् 24 Jan, 2026 शक संवत् १९४७ नेपाल संवत् ११४६ (सिल्लाथ्व) सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु शनिबार माघ शुक्लपक्ष तिथि षष्ठी, २२:५४ बजेपछि सप्तमी नक्षत्र उत्तरभाद्रपदा, १३:१२ बजेपछि रेवती योग शिव, १३:२३ बजेपछि सिद्ध करण कौलव, ११:४३ बजेपछि तैतिल, २२:५४ बजेउप्रान्त गर चन्द्रराशि मीन योग (आनन्दादि) धुम्र दिनमान १०:४१ सूर्योदय ६:५६ सूर्यास्त १७:३७ दिन विशेष :  पञ्चक। स्कन्द षष्ठी ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीपूर्ण कार्य गर्दै आफूलाई समाजमा स्थापित गर्न सक्नुहुनेछ। चिताएका काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कार्यक्षेत्रमा परिश्रमको अनुरूप सफल नमिल्ला। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। विदेशबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भविष्यको लागि मानचित्र कोर्ने समय रहेको छ। आफ्नो व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। हाथ आएको काममा आलस्य नदेखाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थीहरूको लागि नयाँ कुरा सिक्ने अवसर रहेको छ। अप्ठ्यारा परिस्थितिमा पिता को सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यको साथले नयाँ परिबन्ध स्थापित गर्न सकिनेछ। उच्च शिक्षालाई लिएर विदेशतिर मुख ताक्नेहरूको लागि कार्यमा सफलता मिल्नेछ। सुन्दर उपहारले मन रमाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा प्रगति हुनेछ| आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। फिजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग आसमानी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कीर्तिमान कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। यात्रा रमाइलो रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले शत्रुहरू हार खानेछन्। दिएको उधारो धन माग्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पारिवारिक भेटघाटले मन उत्साहित रहनेछ। श्रमको उचित मूल्य पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छरछिमेकीसँग असमझदारी बढ्न सक्छ सावधान रहनुहोस्। पहिलाका कामबाट लाभ उठाउन सकिनेछ। आफ्नो प्रतिफलमा अरूले दाबी गर्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। कृषि वा पशुपालनबाट लाभाजन गर्न सकिएला। परिवारमा आफूभन्दा सानाको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सञ्चित धनमा वृद्धि हुनेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। समाजको हितलाई ध्यानमा राखेर कार्य गर्नुहोस्। प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =