अहिलेको प्रमुख दायित्व र जिम्मेवारी निर्वाचनको सुरक्षा हो: महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख दायित्व र जिम्मेवारी निर्वाचनको सुरक्षा भएको बताएका छन् ।
शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले विगतमा जस्तै आफूहरुलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल तयार रहेको बताए ।
अभाव र सिमितताका बीच पनि आफ्नो कर्तव्य निर्वाह गर्न कुनै अभाव र सिमितताले अवरोध नगर्ने बताए । सशस्त्र प्रहरी बल २४ सै घण्टा तत्पर र तयार रहेको बताए । ‘आजको प्रमुख दायित्व र जिम्मेवारी भनेको निर्वाचनको सुरक्षा हो । हामी विगतमा जस्तै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्दछौँ । अभाव र सिमितता होलान् तर कर्तव्य निर्वाह गर्न कुनै अभाव र सिमितताले अवरोध गर्नेछैन । सशस्त्र प्रहरी बल २४ सै घण्टा तत्पर र तयार छ । २५ वर्षे सुरक्षा यात्रामा विशेष गरी नेपाली सेना र सबै सुरक्षा निकायले प्रदर्शन गरेको वन्धुत्व र भ्रातृत्व महत्वपूर्ण छ’ उनले भने ।
महानिरीक्षक अर्यालले २५ वर्षे सुरक्षा यात्रामा विशेष गरी नेपाली सेना र सबै सुरक्षा निकायले प्रदर्शन गरेको वन्धुत्व र भ्रातृत्व महत्वपूर्ण रहेको बताए ।








