माघ ०९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 
वि.सं माघ ०९, २०८२ इ.सन् 23 Jan, 2026 शक संवत् १९४७ नेपाल संवत् ११४६ (सिल्लाथ्व) सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु शुक्रबार माघ शुक्लपक्ष तिथि पञ्चमी, २४:२७ बजेपछि षष्ठी नक्षत्र पूर्वभाद्रपदा, १३:५६ बजेपछि उत्तरभाद्रपदा योग परिघ, १५:४५ बजेपछि शिव करण वव, १३:०५ बजेपछि वालव, २४:२७ बजेउप्रान्त कौलव चन्द्रराशि कुम्भ योग (आनन्दादि) ध्वांक्ष दिनमान १०:४० सूर्योदय ६:५६ सूर्यास्त १७:३६ दिन विशेष :  पञ्चक। वसन्त पञ्चमी (श्रीपञ्चमी)। वसन्त श्रवण। सरस्वती पूजा। रति-काम पूजा। हलसारो गर्ने दिवस ।      

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम र धनमा प्रगति हुनेछ। प्रेम र पारिवारिक साथ राम्रो रहनेछ।स्वास्थ्य बलियो हुनुका साथै आत्मविश्वास बढ्नेछ। आज समग्रमा राम्रो फलदायी समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम स्थिर रहनेछ साथै आम्दानी ठीक हुनेछ। प्रेममा भरोसा र शान्ति मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ। बाटो काट्दा र यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धन आउँने र जाने क्रम बराबर हुनेछ। प्रेममा रमाइलो समय व्यतीत हुनेछ तर प्रेमीको तर्फ पनि ध्यान दिनुहोला। कामलाई लिएर भेटघाट फाइदाजनक हुनेछ।आज मिश्रित फलदायी दिन रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा ढिलासुस्ति हुनसक्छ धैर्य राख्नुहोला। सञ्चित धन खर्च हुनसक्छ। प्रेममा भावुक भएपनि प्रेमील समयले आनन्द दिनेछ। स्वास्थ्य कमजोर रहला तसर्थ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता मिल्ने योग छ। धन र मानसम्मानमा वृद्धी हुनेछ । प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। आजको दिन समग्रमा राम्रो फलदायी रहेको छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा ध्यान लगाएर मात्र सुरुवात गर्नुहोला। धनमा आम्दानी सामान्य रहनेछ। प्रेममा साना कुरामा खटपट हुनसक्छ ध्यान दिनुहोला। स्वास्थ्य सवल रहनेछ।आज कार्यक्षेत्रमा मिश्रित फल प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धन लाभ हुने समय रहेको छ। प्रेम र खुशी मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। काममा सिर्जनशील सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा सावधानी अपनाउनुहोला। धन अड्किन सक्छ लगानीगर्दा ध्यान दिनुहोस्। प्रेममा शंका होला साथै मन भारी होला सकेसम्म शंका रहित रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा नयाँ अवसरहरूको प्राप्तिको योग छ। धन आर्जनमा सुधार हुनेछ। प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। कुनै पनि विषयमा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा मेहनत धेरै गरेपश्चात मात्र सफलता प्राप्ति होला । धन कमाउनमा ढिलाई भएपनि दिगो बचत हुनेछ। प्रेममा दूरी रहेपनि सम्बन्धमा मिठास हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। प्रेममा आकर्षण र भावनात्मक निकटता हुनेछ। स्वास्थ्य र मनस्थिति बलियो हुनेछ। मनोबलमा वृद्धी हुनेछ। आजको शुभ रंग आकाशी निलो हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धन खर्च गर्दा सोचविचार पूर्वक गर्नुहोला। प्रेममा भावुकपना धेरै हुनसक्छ। स्वास्थ्य कमजोर हुनसक्ने संकेत भएकाले खानपानमा ध्यान दिनुहोला। काममा अल्छीपनालाई परै राख्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =