टीकापुर काण्डका दोषी रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी कानुनी आधारमा खारेज गरेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मकालुखबरलाई जानकारी दिए ।

चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । सो घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो ।

सर्वोच्च अदालतको फैसला अनुसार उनी आजीवन कारावासको सजाय भोगिरहेका थिए । पछि राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी जेलमुक्त भएका थिए ।

तर गम्भीर आपराधिक कसुरमा दोषी ठहर भइसकेको पृष्ठभूमिका कारण उनको उम्मेदवारी कानुनअनुसार कायम रहन नसक्ने ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =