अपाङ्गमैत्री पर्यटनमा नेपालको फड्को: बहिरा समुदायका २५ जना बने ट्रेकिङ गाईड

काठमाडौं । अन्नपूर्ण गाउँपालिका कास्कीका विश्वमित्र भित्रकोटीको श्रवण शक्ति छैन । स्नातक तहमा अध्ययनरत उनको रुची पर्यटनमा छ । उनी घुम्न रुचाउँछन् । आफू मात्रै होइन विदेशबाट आएका पर्यटकलाइ घुमाउने रहर पनि छ ।

केही वर्ष अघि उनले आफ्नै गाउँ घान्दु्रकमा अमेरिका र युरोपबाट आएका पर्यटकलाई गाईड गरे । तर आफू कान नसुन्ने भएकाले कान सुन्ने पर्यटकलाई गाईड गर्न सहज भएन । अर्कोतर्फ पर्यटक गाईडको अनुमतिपत्र पनि थिएन त्यसैले ‘कामलाई निरन्तरता दिन सकिन’– उनी सम्झन्छन् । तर पर्यटक गाइड बन्ने रहर भने जीवितै थियो । अहिले उनले ३५ दिने पर्यटक गाईडको तालिम सकेर अनुमति पत्र प्राप्त गरेका छन् । उनको रहरलाई नेपाल पर्यटन बोर्ड, युएनडीपी, राष्ट्रिय बहिरा महासंघले सार्थक बनाइदिएको हो ।

नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसंगको सहकार्यमा नेपालम मै पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो । तालिम बिनाको पर्यटक गाइड र तालिम पछिको अवस्था तुलना गर्दे उनी भन्छन् ‘धेरै कुरा सिक्ने मौका पाएको छु र मेरो क्षमता पनि वृद्धि भएको छ । आत्मविश्वास बढेको छ ।’

तालिममा ५ हजार उचाईसम्म हिमाली भेगको ट्रेकिङ गाइडको बारेमा सम्पूर्ण जानकारी पाएपछि अब उनलाई ८ हजार मिटर उचाई सम्मकै गाइड लाइनबारे पनि बुझ्न मन लागेको छ ।

काठमाडौं टेकुकी रविता देउला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । उनी सांकेतिक भाषा सिकाउने काम पनि गर्छिन् । नयाँ नयाँ कुरा सिक्न र जान्न मन पराउने उनले गत महिना ट्रेकिङ गाइड सम्बन्धि तालिम लिने अवसर पाइन् । तालिममा उनले उच्च हिमाली क्षेत्रमा आइपर्नसक्ने स्वास्थ्य समस्या र .प्राथमिक उपचारको बारेमा पनि सिक्ने अवसर पाइन् ।

उनी भन्छिन् ‘तालिम मेरो जीवनको लागि एउटा टर्निङ पोइन्ट बन्यो । प्राथमिक उपचार सम्बन्धि सिकाइ उनलाई खुब मन प¥यो । सांकेतिक भाषाकी दोभाषे उमा पौडेलमार्फत हामीसँग कुराकानी गर्दै उनले भनिन्– ‘म काठमाडौंमा जन्मिएको मान्छे , मेरा लागि हिमाल र पहाडको पर्यटनको विषय नयाँ हो, ट्रेकिङ गाइड सम्बन्धि तालिम मेरो लागि एउटा अवसर बन्यो ।’

उनले यसअघि पनि भूटान, फिलिपिन्स तथा अन्य देशबाट आएका बहिरा पर्यटकलाई काठमाडौंका पर्यटकीय स्थल घुमाउने गरेकी थिइन् । पर्यटक गाइड सम्बन्धि सम्पूर्ण सिप सिक्न पाएकाले तालिमले आत्मविश्वास बढाएको उनले सुनाइन् ।

राष्ट्रिय बहिरा महासंघकाअनुसार नेपालमा बर्षेनी २ सय ५० भन्दा बढी सुन्न नसक्ने पर्यटन नेपाल गरेका छन् । हाल देशभरिबाट ३ जना बहिरा समुदायका व्यक्ति ट्रेकिङ गाइडको रुपमा कार्यरत रहेका छन् ।

कान सुन्नेले कान नसुन्ने व्यक्तिको लागि गाइड गर्ने विषय चुनौतीपूर्ण छ । महासंघका अध्यक्ष सन्तोष पौडेलले कान नसुन्ने पर्यटकका लागि बहिरा व्यक्ति नै गाइड भए सहज हुने निष्कर्ष सहित तालिम आयोजना गरिएको बताए । तालिममा सातै प्रदेशका गरि २१ पुरुष र ४ जना महिलाको सहभागीता थियो ।

उनीहरुलाई ट्रेकिङ गाइड सम्बन्धि अनुमतिपत्र प्रदान गरिएको छ । अध्यक्ष पौडेलले तालिमले सहभागीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुका साथै पर्यटनलाई समावेशी र दिगो बनाउन पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले तालिमपछि बहिरा ट्रेकिङ गाइडको सख्या बढ्ने र अन्तराष्ट्रि«य समुदायमा पनि सकारात्मक सन्देश दिने अपेक्षा आफुहरुले राखेको बताए ।

तथ्यांक विभागकाअनुसार देशभर १ लाख २ हजार बहिरा छन् । तर महासंघले भने बहिराको संख्या ४ लाख बढी रहेको दाबी गर्दछ । विश्वभर करिव ५० करोड बहिरा रहेको अनुमान गरिन्छ ।

दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्मराज दवाडीले नेपाल घुम्न आएका बहिरा पर्यटकले बहिरा व्यक्ति नै टे«किङ गाइड नहुँदा सञ्चारमा समस्या भएको गुनासो आएपछि आफूहरुको ध्यानाकर्षण भएको बताए ।

तालिमले बहिरा व्यक्ति लाई पनि टे«किङ गाइडको रुपमा विकास गर्दे विश्वभर बहिरा पर्यटकलाई नेपाल भ्रमण सहज छ भन्ने सन्देश दिन खोजिको उल्लेख गरे । यसले दिगो पर्यटनमा पनि सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गरे ।

३५ दिन सम्म ट्रेकिङ गाइड तालिम लिएका निरज आचार्यको आत्मविश्वास ह्वात्तै बढ्यो । सहभागीहरुलाई नुवाकोटको ककनीमा प्रयोगात्मक अभ्यासका गराईएको थियो । उनीहरुले ट्रेकिङ टे«ल व्यवस्थापन, आफू हिँड्ने तरिका, पर्यटक गाइड गर्ने तरिका, अनुसासन तथा मर्यादा लगायतमा अभ्यास गरेका थिए । यो अभ्यास आचार्यलाई निकै मन पर्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले विदेशी बहिरा पर्यटकलाई नेपालमा भित्र्याउन भाषा, पहुँच र सहयोग सम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्ति लाई नै पर्यटक गाईड बनाउन विशेष तालिमको व्यवस्था मिलाईएको बताए ।

उनले अपाङ्गता भएका व्यक्तिहरूलाई ट्रेकिङ गाइडको रूपमा सक्षम बनाउनु सामाजिक न्याय मात्र नभई आर्थिक सशक्तिकरणको ठोस आधार पनि रहेको बताए । समावेशी र दिगो पर्यटन विकास नै आफूहरुको साझा प्रतिवद्धता रहेको उल्लेख गर्दै उनले यो नविनतम पहलले पर्यटन क्षेत्रमा आउन चाहेका बहिराहरुको आत्मविश्वास बढाई रोजगारीको अवसर श्रृजना भएको बताए ।

उनले नेपाललाई अपाङ्गमैत्री पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उदेश्य साथ शुरु गरिएको यो प्रयासले समावेशी दिगो पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । परियोजनाले अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्न बारिष्ठा, हस्तकलाका साथै अन्य विभिन्न तालिमहरु पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =