नेपाल बैंकको ‘लिङ्क, लोड एण्ड विद्रॉ- विन रिवार्ड्स भिया खल्ती’ अभियान सञ्चालनमा

काठमाडौँ । नेपाल बैंक लिमिटेड तथा Khalti by IME को सहकार्यमा ‘Link, Load & Withdraw– Win Rewards via Khalti’ अभियान सञ्चालनमा ल्याएको छ ।

नेपाल बैङ्कले बैंककोे ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी उक्त अभियान सञ्चालनमा ल्याइएको हो ।

सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता Khalti मा link गरी कारोबार गर्दा हरेक हप्ता दुई जनालाई movie tickets वा Khalti Pro subscription र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,०००पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात् गरिने बैङ्कले जनाएको छ ।

सो अभियानमा योग्य हुनको लागि खल्ती Wallet मा दर्ता भई KYC अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता Khaui walet मा link हुनुपर्ने तथा link गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्ने बताइएको छ ।

यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१-५९७१२२२ मा सम्पर्क गर्न समेत बैङ्कले अनुरोध गरेको छ ।

यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि लिएको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =