कैलाली–२ मा रास्वपाले केपी खनाललाई दियो टिकट
२०८२ माघ ५ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नम्बर २ बाट अभियानी केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
खनाल जेनजी आन्दोलनमा सक्रिय भूमिका निभाउँदै आएका थिए । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगको निकट सम्बन्ध र रास्वपासँग बृहत एकता भएपछि उनी पार्टीका केन्द्रीय सदस्यसमेत बनेका थिए ।
खनाल सरसफाइ अभियानीका रूपमा समेत परिचित छन् । त्यस्तै, उनी काठमाडौंस्थित चियादानीको सञ्चालक पनि हुन् ।
२०८२ माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








