जेनजी विद्रोहबाट अर्थहीन निर्वाचन मात्रै पायौँ: मिराज ढुंगाना

काठमाडौँ । जेन–जी अभियन्ता मिराज ढुंगानाले जेन–जी विद्रोहबाट अर्थहीन निर्वाचन मात्रै पाएको बताएका छन् ।
बिहीबार माइतीघरमा प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरे । उनले अहिले नयाँ भन्नेहरूले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताए ।
अहिले नेपालमा पात्र मात्र नभई प्रणाली पनि गलत रहेको जिकिर गरे । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहीन निर्वाचनतिर धकेलिरहेको दाबी गरे ।
उनले भने ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहीन निर्वाचनतिर धकेलिरहेको छ । व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् । अहिले आएका केही नयाँ पात्रहरूले के भन्नुहुन्छ भने संविधान मान्य छैन भन्नुहुन्थ्यो अलि पहिला भने अहिले निर्वाचन नजिकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृष्ट छ भन्नुहुन्छ । शब्द उहाँहरूको फेरिएको छ । तर हाम्रो शब्द पहिलाकै हो । यत्रो विद्रोहबाट हामीले अर्थहीन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ रु हाम्रो देशको स्थितिमा । निकास पाउन गाह्रो छ ।’
उनले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।








