तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु
२०८२ पुस ३० गते

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो ।
चौधरी गएको मङ्सिर २८ गते लागु औषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए ।
पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो ।
बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित









