महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै कानूति वैधता छैनः नेतृ भुसाल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले विशेष महाधिवेशनको पहिलो दिनकै बन्दसत्रले केन्द्रिय कार्यसमिति विघटन गरिसकेको अवस्थामा संस्थापन महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै कानुनी वैधता नरहेको बताएकी छन् ।

बुधवार विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै भुसालले बन्दसत्रबाट केन्द्रिय कार्यसमिति विघटन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भइसकेकाले त्यसपछि केन्द्रीय कार्यसमितिले गरेका निर्णय औचित्यहीन भएको स्पष्ट पारिन् ।

केन्द्रिय कार्यसमिति विघटन भइसकेको कारण कुनैपनि पदाधिकारीलाई स्पष्टिकरण सोध्ने वा कारबाही गर्ने अधिकार नै नरहने भएकाले महामन्त्रीहरूमाथि गरिएको कारबाहीको कुनै औचित्य नरहेको बताइन् ।

उनले बन्दसत्रले पार्टीको नयाँ नीति पारित गर्दै केन्द्रिय कार्यसमिति विघटन गरिसकेको अवस्थामा केन्द्रिय कार्यसमितिको नाममा भए गरेको निर्णयलाई महाधिवेशन प्रतिनिधिहरूले नचिन्ने जिकिर गरिन् ।

उनले विशेष महाधिवेशनद्वारा नेतृत्व चयन गरेर पार्टी आसन्न निर्वाचनमा होमिने जिकिर गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =