कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार अभावप्रति प्रधानमन्त्रीको चिन्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत पूर्वाधारको अभाव कायमै रहेको बताएकी छन् ।

बुधवार सिंहदरबारमा आयोजित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले जुम्लाजस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान स्थापना हुनु आफैँमा महत्त्वपूर्ण उपलब्धि भएपनि आवश्यक संरचना नहुनु विडम्बनापूर्ण भएको उल्लेख गरिन्।

उनले बजेट स्थानान्तरण गरेर स्रोत जुटाउन समेत सरकारलाई समस्या हुने गरेको बताइन् । उनले नियमित काम गर्न खोज्दा विभिन्न अवरोधको सामना गर्नुपर्ने तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपको डरले समेत काम गर्न कठिनाइ हुने गरेको बताइन् ।

उनले भनिन् ‘जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्दाखेरि त्यहाँका स्थानीयलाई केही न केही सुविधा त पुगेकै छ । सानो सानो उपचार गर्नको लागि पनि बाहिर जानुपर्थ्यो । अहिले त्यसको समाधान भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास भइसकेपछि एउटै संस्थाले पनि त्यो क्षेत्रको विकासका लागि धेरै नै महत्त्व राख्छ । जुन योजना तयाइहरुले देखाउनुभएको छ । त्यसरी नै हो भने धेरै राम्रो देखियो तर दुभाग्र्यको कुरा के छ भने तपाईँहरूले जुन यसको विकासको निम्ति सानो सानो कुरा मागिरहनुभएको छ त्यहाँ होस्टेल छैन, स्टाफ र डाक्टरहरूका लागि समेत आवासको सुविधा छैन भन्नुभयो । हामीले यति सानो कुरा पनि हामीले पुरा गर्न सकिरहेका छैनौँ । फेरि यताको उता गर्न पनि नहुने रहेछ । नियमित काम गर्दैछु भन्दा पनि अनेकौँ बात लाग्छन् नि । कहिलेकाहीँ त अख्तियार पनि आइलाग्छ ।’

उनले उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गरी नागरिकको सेवामा लागिरहन समेत प्रतिष्ठान प्रशासनलाई निर्देशन दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =