एनआईसी एशिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त
२०८२ पुस ३० गते

काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव सँगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण सेयर धनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् ।
नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत ग्रहण गरेकी छन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले तत्कालीन बैंक अफ काठमाडौँमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित








