हिमालयन बैंकको तेत्तिसौँ वार्षिक साधारण सभा सम्पन्न
२०८२ पुस ३० गते

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तेत्तिसौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरे ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक CA Ranjeev & Associates लाई पुनः नियुक्त गरेको जानकारी दिएको छ । यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित








