रास्वपासहितका नयाँ दललक्षित सुमन सायमीको टिप्पणी : पुराना भन्दा घातक हुन सक्छन्

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमीले रास्वपालगायतका नयाँ दलहरूलाई भीडको संज्ञा दिएका छन् ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका उनले सो कुरा बताएका हुन् ।

नेता सायमीले क्षणिक स्टन्टबाजी, भीडले राम्रो गर्छ भन्ने आशा नगर्न पनि सबैलाई आग्रह गरे । उनले इतिहासले नयाँहरू पुराना भन्दा पनि घातक हुन्छन् भन्ने चेतावनी दिएको उल्लेख गर्दै उनीहरूको भर पर्न नहुने बताए ।

सायमीले आफूहरू विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई ध्यानमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जिकिर समेत गरे ।

उनले भने, ‘क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला । नयाँ भन्दैमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरू पुराना भन्दा झनै धेरै खतरनाक हुन सक्छ । भीड सधैं सही हुँदैन । आकर्षक नाराले मुक्ति दिँदैन । हामी भावना, भीडले होइन, स्टन्टले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितको आधारमा निर्णय गर्न यहाँ आएका हौँ ।’

नेता सायमीले जनताको मुक्ति आफूहरूको चाहना भएको र त्यो नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =