कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ । थापा निर्विरोध सभापति बन्ने सम्भावना बलियो छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत बिहान ११ बजे सकिएको मनोनयन दर्ता प्रक्रियामा महामन्त्री पदका लागि भने विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । दुई महामन्त्री पदमा शर्मा र पौडेलको उम्मेदवार परेको हो ।

सहमहामन्त्री पदका लागि बहादुरसिंह लामाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसमा ८ जना सहमहामन्त्री चयन हुने व्यवस्था छ ।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार कुन–कुन पदमा कस–कसले उम्मेदवारी दिएका छन् भन्ने पूर्ण विवरण दिउँसो १ बजे सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =