म्यानमारले गर्‍यो ९ महिनामा २१ लाख टनभन्दा बढी चामल निर्यात

काठमाडाैं । म्यानमारले चालु आर्थिक वर्ष २०२५-२६ को पहिलो नौ महिनामा (अप्रिलदेखि डिसेम्बरसम्म) २१ लाख टनभन्दा बढी चामल र कनिका निर्यात गरेको छ । म्यानमार राइस फेडेरेसनले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा देशको निर्यात वृद्धिमा उल्लेख्य सुधार देखिएको हो ।

फेडेरेसनको तथ्याङ्कअनुसार यस नौ महिनाको अवधिमा चामल निर्यातबाट दक्षिणपूर्वी एशियाली यस मुलुकले करिव ६७ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको छ । म्यानमारले समुन्द्री र स्थल दुवै मार्ग प्रयोग गरी विश्वका ३० भन्दा बढी देशहरूमा चामल र कनिका निर्यात गरेको फेडेरेसनले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०२४–२५ मा म्यानमारले कुल २४ लाख ८० हजार टन चामल र कनिका निर्यात गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =