हत्यामा संलग्न दुई जना पक्राउ

सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको अभियोगमा तिनपाटन गाउँपालिका–३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =