इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण

काठमाडौं । आइतबार दिउँसो इजरायली सेनाले दक्षिणी लेबनानको लिटानी नदी क्षेत्रमा अवस्थित कफार हट्टा गाउँमा १० पटकभन्दा बढी हवाई आक्रमण गरेको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार यी आक्रमणहरूले त्यस क्षेत्रमा व्यापक भौतिक क्षति पु-याएका छन् ।

इजरायली सैन्य प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जालमार्फत कफार हट्टामा रहेको हिजबुल्लाहको सैन्य पूर्वाधारमा छिट्टै आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले हिजबुल्लाहलाई उक्त स्थानमा आफ्ना गतिविधिहरू पुनः शुरु गर्नबाट रोक्न यो कदम चालिएको बताए । आक्रमण पूर्व अद्राईले स्थानीय बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा जान र कम्तीमा ३०० मिटर टाढा रहन आग्रह गरेका थिए ।

कफार हट्टाका अतिरिक्त इजरायलले दक्षिणी लेबनानका अन्य क्षेत्रहरू जस्तै जब्बा र जेजिनमा पनि व्यापक हवाई हमला गरेको छ । हालसम्म यी आक्रमणहरूबाट भएको मानवीय क्षतिको कुनै आधिकारिक रिपोर्ट प्राप्त भएको छैन ।

गत नोभेम्बर २७, २०२४ देखि अमेरिका र फ्रान्सको मध्यस्थतामा हिजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले लेबनानमा निरन्तर आक्रमण गरिरहेको छ । इजरायलले यी हमलाहरू हिजबुल्लाहको खतरा हटाउनका लागि गरिएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =