पाकिस्तानी नौसेनाद्वारा क्षेप्यास्त्र र मानवरहित जहाजको सफल परीक्षण
२०८२ पुस २८ गते

काठमाडौं । पाकिस्तानी नौसेनाले उत्तर अरब सागरमा क्षेप्यास्त्र र मानवरहित जहाजको सफल परीक्षण गर्दै आफ्नो सामरिक क्षमता प्रदर्शन गरेको छ । पाकिस्तानी नौसेनाले उत्तर अरब सागरमा सतहबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको हो ।
यस अभ्यासले नौसेनाको परम्परागत र मानवरहित युद्ध क्षमताहरूको प्रदर्शन गरेको छ । अभ्यासका क्रममा भर्टिकल लन्चिङ सिस्टमबाट क्षेप्यास्त्रको प्रत्यक्ष प्रहार गरिएको थियो । यसका साथै, नौसेनाले मानवरहित जहाजको खुला समुन्द्रमा परीक्षण पनि सम्पन्न गरेको छ । जसलाई स्वायत्त नौसैनिक प्रविधिको विकासमा एक महत्वपूर्ण कदम मानिएको छ ।
२०८२ पुस २८ गते
प्रतिक्रिया









